Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

देशभित्र सम्भव छ भन्ने भाष्य निर्माण गर्न जरुरी भएको प्रधानमन्त्री प्रचण्डको आह्वान

देशभित्र सम्भव छ भन्ने भाष्य निर्माण गर्न जरुरी भएको प्रधानमन्त्री प्रचण्डको आह्वान

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश भित्र सम्भव छ भन्ने भाष्य निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।सोमबार दिउँसो समाजवादी मोर्चासम्बद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तर्क्रियामा  बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरुरी रहेको बताए हुन् ।

    बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै उनले भने  ‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आमनागरिकमा देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधार र उपायहरूको खोजी गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो।’

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij