Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

मिटरब्याजी पीडित काठमाडौं महानगरपालिका छिर्दै , महानगर प्रशासनसँगको पहिलो भिडन्त हुने सम्भावना

मिटरब्याजी पीडित काठमाडौं महानगरपालिका छिर्दै , महानगर प्रशासनसँगको पहिलो भिडन्त हुने सम्भावना

  • काठमाडौं । पूर्व पश्चिमबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न हिँडेका मिटरब्याजी पीडितहरू काठमाडौं प्रवेश गर्न लागेका छन् । न्याय मार्च नाम दिएर निस्किएका मिटरब्याजी पीडितहरुले न्याय नपाएको भनी पूर्व पश्चिमबाट पैदल हिँडेर भरतपुरमा एकीकृत भई  निर्णायक आन्दोलनका लागि काठमाडौंमा आउन लागेका हुन् ।
    हिजो धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं प्रवेश गरिसक्ने सहभागीहरूले जनाएका छन् ।

    उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भए । त्यसपछि काठमाडौंतर्फ अगाडी बढेका  थिए ।

    मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् । फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याजी पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आएका थिए ।पीडितहरुको धर्ना, प्रदर्शन र दबाबपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याजी पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

    करिब २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाडौसम्मको यात्रा गर्नुपरेको मिटरब्याजी पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले पीडितहरूको भनाइ सार्वजनिक गरेका छन् ।hindu rastra nirman.png

    पैदलयात्रा गरिरहेका पीडितहरु काठमाडौंको शान्तिवाटिकामा बस्ने तयारीमा छन् ।  काठमाडौं महानगरपालिकाले काठमाडौं शान्तिवाटिकामा आश्रयलिइ बसेका पीडितहरूलाई बाहिर निकाल्न लगाएको थियो । यसअघि पनि पीडित र महानगरपालिका प्रशासनबीचको भिडन्त भइसकेकोमा आउने पीडितहरूको भिडन्त महानगर प्रशासनसँगै हुने हो कि महानगरले उनीहरूको बसाइको व्यवस्था गर्ने हो त्यो सबैको चासोको विषय बनेको छ ।पैदल हिँडेर आइरहेकाहरूले रात सार्वजनिकस्थलहरूमै बिताउँदै आएकाले उनीहरूले काठमाडौ आएपनि बसाइका लागि सार्वजनिकस्थल नै खोज्ने भएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij