काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुलाई हट्न निर्देशन दिएको छ । महानगरले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र ललितानिवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुलाई उक्त क्षेत्र खाली गर्न निर्देशन दिएको हो । तोकेको समयभित्र सो क्षेत्रबाट नहटेमा प्रचलित कानुन बमोजिम हटाई सरकारी जग्गा तथा सम्पत्तिको संरक्षण, रेखदेख तथा उचित प्रबन्ध गरिने महानगरपालिकाले जनाएको छ ।