Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

गत वर्षको तुलनामा पहिलो सात महिनामा डेढ प्रतिशत भन्दा बढीले व्यापार घाटा कम

गत वर्षको तुलनामा पहिलो सात महिनामा डेढ प्रतिशत भन्दा बढीले व्यापार घाटा कम

  • काठमाडौँ ।चालु आर्थिक वर्षको पहिलो सात महिनामा व्यापार घाटामा डेढ प्रतिशतले गिरावट देएिको छ ।चालु आव  २०८०÷८१ को पहिलो ७ महिनामा नेपालले वैदेशिक व्यापारमा ८ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको हो ।

    भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि माघ महिनासम्मको अवधिमा ८ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा देखिन्छ ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.७७ प्रतिशतको गिरावट हो ।

    गत आर्थिक वर्ष २०७९÷८० को ७ महिनाको अवधिमा नेपालले ८ खर्ब २५ अर्बभन्दा बढीको व्यापार घाटा बेहोरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij