Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सुरुको सात महिनामा शीर्ष दश आयात अढाई खर्ब बढी रुपैया बराबरको


नया सडक

२०८०, फागुन ९ बुधबार

  • 921
    Shares

  • सुरुको सात महिनामा शीर्ष दश आयात अढाई खर्ब बढी रुपैया बराबरको

    काठमाडौं । चालु आर्थिक वर्ष (२०८०÷८१)को सुरुको सात महिनामा आयात भएका प्रमुख १० वस्तुहरूमा मात्रै मुलुकले २ खर्ब ६१ अर्ब ८७ करोड १२ लाख रुपैयाँ खर्च गरेको छ । यो आयात खर्च कुल आयातको करिब ३० प्रतिशत हो ।

    सुरुको ७ महिनामा कुल ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ । सोही अवधिमा नेपालले प्रमुख १० वस्तुको निर्यातबाट ३३ अर्ब ३० करोड ९८ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । यो कुल निर्यातको करिब ३९ प्रतिशत हो । नेपालले सात महिनाको अवधिमा कुल ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको छ ।

    सुरुको सात महिनामा सबैभन्दा बढी डिजेल आयात गरिएको छ । सो अवधिमा  ७७ अर्ब ४१ करोड ९८ लाख १९ हजार रुपैयाँ बराबरको डिजेल आयात गरियो । ७  लाख २९ हजार ७५२ किलोलिटर डिजेल आयात गरेको भन्सार विभागले जनायो ।

    दोस्रो धेरै पेट्रोल  रहेको  र सो अवधिमा ३८ अर्ब ८२ करोड ६३ लाख १६ हजार रुपैयाँ बराबरको  रहेको छ ।तेस्रो ठुलो आयात एलपी ग्यासको छ । ३० अर्ब ३१ करोड २४ लाख १७ हजार रुपैयाँ बराबरको ग्यास आयात भएको छ ।चौथो कच्चा फलामजन्य पदार्थ आयात हो । कच्चा फलामजन्य पदार्थ २२ अर्ब ६६ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको  आयात भयो ।यसैगरी पाँचौ स्थानमा रोल आइरनको आयात २१ अर्ब ६१ करोड ६ लाख ६७ हजार रुपैयाँ बराबरको छ ।

    छैंटौ स्थानमा स्मार्टफोनको आयात १७ अर्ब ३८ करोड ३६ लाख ९१ हजार रुपैयाँ बराबरको छ ।सातौँ स्थानमा औषधीसम्बन्धी उत्पादनहरु रहेका छन । सो अवधिमा १६ अर्ब १२ करोड ७० लाख ५९ हजार रुपैयाँ बराबरको आयात भयो ।आठौँ स्थानमा कोइलाजन्य पदार्थ हो । १२ अर्ब ९५ करोड ७० लाख ४१ हजार रुपैयाँ बराबरको कोइला आयात भयो ।हवाई इन्धनको आयात पनि शीर्ष दशमा रहेको छ ।  चालु आवको सात महिनामा ११ अर्ब ९८ करोड ४० लाख २० हजार रुपैयाँ बराबरको हवाई इन्धन आयात भएको छ ।

    यसैगरी गरी सोही अवधिमा १० वस्तुको निर्यातबाट ३३ अर्ब ३० करोड ९८ लाख ९४ हजार रुपैयाँ आर्जन गरेको छ ।
    यस अन्तर्गत   सबैभन्दा धेरै निर्यात कार्पेट,अलौँची,  जस्ता पाता र रोल्ड आइरन , पाम आयल ,  फलफूलको जुस,  प्रिगिनेन्सी किट, 
    जुट , लेमिनेटेड प्लाई र पोलिष्टर धागो रहेका छन् । 

    प्रतिक्रिया दिनुहोस