Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

सुरुको सात महिनामा तीस अर्बको सवारी साधन आयात, बिजुलीबाट चल्ने वाहनको हिस्सा ठुलो राजस्व सानो

सुरुको सात महिनामा तीस अर्बको सवारी साधन आयात, बिजुलीबाट चल्ने वाहनको हिस्सा ठुलो राजस्व सानो

  • काठमाडौं । चालु आर्थिक वर्षको सुरुको सात महिनामा तीस अर्ब बढीको सवारी साधन भित्रिएको छ ।

    त्यस मध्ये बिजुलीबाट चल्ने वाहनको हिस्सा १७ अर्ब बढीको रहेको छ ।

    भन्सार विभागका अनुसार  १२  अर्ब  ५२ करोड  ५६ लाख रुपैयाँ बराबरको इन्धनबाट चल्ने  सवारी साधनको आयात गरिएको छ ।

    राजस्वको हिसावले सरकारलाई  इन्धनबाट चल्ने सवारी साधनको आयातबाट बढी राजस्व प्राप्त भएको छ ।

    बिजुलीबाट चल्ने सवारी साधनको आयातबाट सरकारलाई प्राप्त भएको राजस्व  ७ अर्ब ४३ करोड ७९ लाख  रुपैयाँ राजस्व संकलन भएको बेला इन्धनबाट चल्ने सवारी साधनको आयातबाट १७ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ बराबरको राजस्व प्राप्त भएको हो ।

    १५ अर्ब ४ करोड बढीको  बिजुलीबाट चल्ने  कार, जीप भ्यान आयात भएबाट ६ अर्ब ६२ करोड राजस्व संकलन भयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij