Logo

May 21 2025 | २०८२, जेठ ७गते

May 21 2025 | २०८२, जेठ ७गते

images

बाह्र भन्सारबाट निर्यात शून्य , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट २० अर्ब बढी निर्यात

बाह्र भन्सारबाट निर्यात शून्य , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट २० अर्ब बढी निर्यात

  • काठमाडौँ । चालु आर्थिक वर्षको सुरुको  ७ महिनामा २९ वटा भन्सार नाका (विन्दु) हुँदै ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएका छन् । ती मध्ये १७ वटा भन्सार विन्दुबाट नेपालको तर्फबाट ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको माल–वस्तु निर्यात हुँदै गर्दा १२ वटा भन्सारबाट निर्यात नभएको देखिएको हो ।

    भद्रपुर भन्सार कार्यालय, चोभार सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीआईए), जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए), राजविराज भन्सार कार्यालय, सिरहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, सुथौली भन्सार कार्यालय, थाडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालयबाट निर्यात शून्य भएका हुन् । समीक्षा अवधिमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट मात्र ८० अर्ब ३९ करोड ५६ लाख ७१ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएको भन्सार विभागले जनाएको छ ।

    समीक्षा अवधिमा टीआईएमार्फत २० अर्ब १३ करोड ६८ लाख ४७ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको पनि विभागले जनाएको छ । कूल आयातको तुलनामा टीआईको हिस्सा ८.९५ प्रतिशत रहेको छ भने निर्यातमा २३.१९ प्रतिशत रहेको छ । 

    समीक्षा अवधिमा सबैभन्दा बढी वीरगन्ज भन्सार कार्यालयबाट ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ भने सोही भन्सार कार्यालयबाट  १६ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

    सोहीगरी  विराटनगर भन्सार कार्यालयबाट ९७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ बराबरको मालवस्तु आयात र  १७ अर्ब ८६ करोड ६५ लाख रुपैयाँको निर्यात भयो ।

    भैरहवा भन्सार कार्यालयबाट १ खर्ब ३७ अर्ब ६८ करोड ६३ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात र  ७ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बराबरको माल–वस्तु निर्यात भयो ।

    चीनसँग जोडिएका दुई मुख्य नाका तातोपानी भन्सार कार्यालयबाट समीक्षा अवधिमा १९ अर्ब ८४ करोड ५९ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भइराख्दा अर्को नाका रसुवागढी, केरुङ भन्सार हुँदै ३२ अर्ब ५६ करोड ४९ लाख रुपैयाँ बराबरको माल–वस्तु आयात भयो ।

    यी दुई भन्सारबाट ७ महिनामा क्रमशः ४० लाख ३५ हजार रुपैयाँ र १ अर्ब २७ करोड १४ लाख १७ हजार रुपैयाँ बराबरको माल–वस्तु चीनतर्फ निर्यात भएको भन्सार विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij