Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 768
    Shares

  • क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत पौडेललाई चेम्बरको आग्रह

     काठमाडौं ।नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसंग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्यललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा विहिवार विदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गर्नुभयो ।
    अध्यक्ष मल्लले भन्नुभयो, ‘नेपाली बस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ । खासगरी गरगहना, पस्मिना, कार्पेट, छुर्पी, घिऊ लगायतका बस्तुहरुको निर्यात सहजीकरण गर्न सकियो भने विद्यमान व्यापार घाटालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ, । ’
    नेपालबाट निर्यात हुने बस्तुहरुको एकीकृत बिक्रीका लागि नेपाल हाउसको अवधारणामा जानुपर्ने अध्यक्ष मल्लले बताउनुभयो । नेपाल र क्यानडाबीच सीधा व्यापारिक सम्वन्ध कायम हुनेगरी व्यवसायिक वातावरण बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिनुभयो । यसका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने अध्यक्ष मल्लको भनाई छ । 
    क्यानडामा पछिल्लो समय नेपाली विद्यार्थीको सख्या उच्च रहेको भन्दै अध्यक्ष मल्लले पढ्दै कमाउँदै नीति राज्यका लागि फलदायी हुनुपर्ने बताउनुभयो । क्यानडामा रहेका एक नेपाली मार्फत एक पर्यटक भित्र्याउने गरी पहल गर्न सकिए नेपालको पर्यटन क्षेत्रमा लाभ पुग्ने अध्यक्ष मल्ले बताउनुभयो ।  
    यस्तै क्यानडाका निजी क्षेत्रको लगानी भित्र्याउनका लागि समेत भूमिका निर्वाह गर्न अध्यक्ष मल्लले नवनियुक्त राजदूत पौड्याल समक्ष आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालले आगामी वैशाखमा अन्तराष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्दैछ, नेपालको पूर्वाधार क्षेत्र, पर्यटन, ऊर्जा एवं सूचना प्रविधिको क्षेत्रका मुख्य मुख्य आयोजनाहरुमा लगानीका लागि पहल गर्न आवश्यक छ , ।’ लगानी सहजीकरणका लागि चेम्बर अफ कमर्सले पनि सहयोग गर्ने अध्यक्ष मल्लले बताउनुभयो ।
    चेम्बर पदाधिकारीसंगको भेटका क्रमम नवनियूक्त राजदूत पौड्यालले क्यानडामा आफ्नो मुख्य चोसो व्यापार सहजीकरण र नेपालमा लगानी अभिवृद्धि नै भएको बताउनुभयो । त्यसका लागि नेपाल र क्यानडाको निजी क्षेत्रबीच बी टु बी भेटवार्ताका लागि आफुले पहल गर्ने पौड्यालले बताउनुभयो ।

     

     

    प्रतिक्रिया दिनुहोस