Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

संस्थागत र व्यक्तिगत निक्षेपकर्ताबीचको अन्तर एक प्रतिशत कायम गर्न केन्द्रीय बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन


नया सडक

२०८०, फागुन १० बिहीबार

  • 906
    Shares

  • संस्थागत र व्यक्तिगत निक्षेपकर्ताबीचको अन्तर एक प्रतिशत कायम गर्न केन्द्रीय बैंकद्वारा बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन

    काठमाडौं ।संस्थागत र व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर अन्तर एक प्रतिशत विन्दु कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिइएको छ ।केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन दिएको हो ।

    चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत संस्थागत मुद्दती निक्षेप बोलकबोलसमेतमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरिएको थियो ।राष्ट्र बैंकद्वारा जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन÷परिमार्जन÷थप गर्दै सो बमोजिमको व्यवस्था २०८० चैत १ देखि ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई लागु गर्न निर्देशन दिएको उल्लेख छ  ।

    राष्ट्र बैंकले व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर एउटै हुन नहुने भन्दै फरक राख्न यस्तो व्यवस्था गरेको होे । यसअघि केन्द्रीय बैंकले संस्थागत निक्षेपको व्याजदर व्यक्तिगतको भन्दा २ प्रतिशत विन्दु कम हुनुपर्ने व्यवस्था गरेको थियो ।

    तर, पछिल्लो समयमा घट्दो ब्याजदरका कारण संस्थागत निक्षेपकर्तालाई धेरै असर गरेको भन्दै केन्द्रीय बैंकले २ प्रतिशत विन्दुको फरकलाई घटाई एक प्रतिशतमा कायम गरेको हो । अन्य प्रावधानहरूमा कुनै फेरबदल तत्काल नगरिएको देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस