Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

यस वर्ष सूर्याज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने


नया सडक

२०८०, फागुन ११ शुक्रबार

  • 903
    Shares

  • यस वर्ष सूर्याज्योति लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

    काठमाडौं । सूर्याज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । साविक ज्योति लाइफ इन्स्योरेन्स र सूर्या लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको यस कम्पनीले यस वर्ष मुनाफा सञ्चित गर्ने निर्णय गरेको हो ।

    २०७९ साल पुस ७ गतेदेखि एकिकृत कारोबार गरेको यस कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले मुनाफा जगेडा कोषमा राख्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ५४ करोड ५५ लाख ७२ हजार रूपैयाँ रहेको छ । यस कम्पनीलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले पूँजीका सम्बन्धमा गरेको व्यवस्था बमोजिम ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस