Logo

Jul 10 2025 | २०८२, असार २६गते

Jul 10 2025 | २०८२, असार २६गते

images

नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण र ५ अर्ब रुपैयाँकोे नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको नयाँ ट्रजरी बिल जारी गर्ने जनाएको छ ।

    यो ट्रेजरी बिल आगामी जेठ १५ गते परिपक्व हुनेछ । ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने राष्ट्र बैंकले जनाएकोे छ । उक्त ट्रेजरी बिल भने २०८२ फागुन १३ गते परिपक्व हुनेछ । मंगलबार फागुन १५ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij