Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images
यस कारण गुम्दै छ राजस्व

सीमावर्ती भारतीय नाकाहरूबाट कस्मेटिक सामानहरूको चोरी तस्करी बढ्यो, सरकरी नीतिकै 'खोट' , सम्बन्धित निकाय मौन


२०८०, फागुन १४ सोमबार

  • 1.6k
    Shares

  • सीमावर्ती भारतीय नाकाहरूबाट कस्मेटिक सामानहरूको चोरी तस्करी बढ्यो, सरकरी नीतिकै 'खोट' , सम्बन्धित निकाय मौन

    काठमाडौं । सीमावर्ती भारतीय नाकाहरूबाट कस्टमेटिक मालवस्तुको चोरी तस्करी बढेको छ । पछिल्लो एक महिनायता भारतसँग सीमा जोडिएका नाकाहरूबाट कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको चोरी तस्करी भएर नेपाल आउने क्रम बढेको हो ।

    भारतसँग जोडिएका पूवी नाकाहरू मेची भन्सार कार्यालय झापा र त्यस आसपासका खुला नाकाबाट अत्याधिक कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुहरूको चोरी तस्करी भइरहेको नाम नबताउने सर्तमा एक व्यापारीले बताए ।इलामको पशुपतिनगर भन्सार कार्याल तथा आसपासका खुला क्षेत्रबाट पनि पन्ध्र दिन यतादेखि यस्ता मालवस्तुको चोरी तस्करी तीव्र बनेको स्रोतले बताएको छ ।यस्तै भद्रपुर र आसपासका खुला नाकाहरूबाट समेत कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको निर्बाध चोरी तस्करी भएर नेपाल भित्रिएको त्यसक्षेत्रका एक कस्मेटिक व्यापरीले नयाँ सडकलाई बताए ।

    यस्तै मोरङ , सुनसरी, सप्तरी , सिरहाजिल्लाका खुला नाकाहरूबाट कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको चोरी तस्करी व्यापक भइरहेको छ ।यसैगरी धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाहरूका खुला सीमा नाकाहरूबाट कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको अत्याधिक चोरी तस्करी भएर नेपाल आएको जनकपुरका अर्काक कस्मेटिक व्यापारीले बताए । यसैगरी नवलपरासी , कपिलवस्तु, रुपन्देही , बाँकेलगायतका भारतसँग सीमा जोडिएका खुला सीमा नाकाबाट कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको तीव्ररूपमा चोरी तस्करी बढेको भैरहवाका एक कस्मेटिक व्यापारीले बताए ।

    यसकारण बढ्यो कस्मेटिक मालवस्तुको चोरी तस्करी

    अर्थमन्त्रालय अन्तर्गतको भन्सार विभाग र भन्सार कार्यालयहरूले कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको अत्याधिक भन्सार मूल्य बढाउँदा कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको चोरी तस्करी बढेको सरोकारवाला निकायको भनाइ छ ।

    विशेषतः चाइनाबाट  आयात हुने  कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको भन्सार कार्यालयहरूले मौखिकरूपमा भन्सार मूल्य कायम गर्दा व्यापारीहरू मारमा परेका छन् । चाइनामा एक आरएमबी  पनि नपर्ने कस्मेटिक सामानको नेपालमा भन्सार कार्यालयहरूले बीस रुपैयाँ मूल्यांकन गर्दा व्यापारीहरू मर्कामा परेका छन् । नेपालमा भन्सार कार्यालयहरूले कस्मेटिक सामानहरूको मूल्यांकन मौखिकरूपमा कायम गर्दा व्यापारीहरूले कस्मेटिक सामानको आयात समेत कम गरेका छन् । व्यापारीहरूले भन्सारमा अत्याधिक मूल्यांकन भएपछि ठुलो मात्रामा कस्मेटिक र कस्मेटिकजन्य सामानहरू चाइनाबाट भारत जाने र भारतबाट चोरी तस्करीको माध्यमबाट नेपाल भित्रिने क्रम अत्याधिक बढेको छ ।  

    भारतबाट आउने कस्मेटिक मालवस्तुको समेत चोरी तस्करी बढेको छ ।चोरी तस्करी बढेपछि ब्रान्डेड कस्मेटिक उत्पादन तथा बिक्री वितरण गर्ने कम्पनीहरू समेतलाई मर्का परेको छ । भन्सारले विशेषगरी चाइनाबाट आयात हुने कस्मेटिक सामानहरूमा जस्तै लिपस्टिक , नेल पलिस, हेयर जेल, फेस क्रिम, बडी क्रिम, हेयर कलर, चिपस्टिक, परफ्युम तथा ब्युटी पार्लरमा प्रयोग हुने कस्मेटिक आइटमहरूको  अत्याधिक मौखिक मूल्यांकन गर्दा  भारत हुँदै नेपालमा कस्मेटिकजन्य मालवस्तुको चोरी तस्करी बढेको हो । 

    भन्सारको विभेद

    भन्सार विभाग र अन्तर्गतका कार्यालयहरूले विशाल ग्रुप र अन्तर्गतका कम्पनीहरूले आयात गर्ने कस्मेटिक र कस्मेटिकजन्य मालवस्तुको मूल्यांकन सस्तोमा गर्ने तर अन्य आयातकर्ताहरूले दोस्रो वा तेस्रो मुलुकहरूबाट सोही वस्तु आयात गर्दा भन्सार मूल्यांकन डेढी र दोब्बरसम्म गर्नु गराउनुले भन्सार स्वयम्को समेत विभेद देखिन्छ ।
    उदाहरणका लागि फेस क्रिम , बडी लोसनलगायतका कस्मेटिकजन्य मालवस्तुहरू विशाल ग्रुप र अन्तर्गतका कम्पनीहरूले ल्याउने र सोही मालवस्तु अन्य आयातकर्ताले ल्याउँदा गरिएको मूल्यांकन काफी छ ।सो प्रमाण भन्सार विभाग र अन्तर्गतका कार्यालयहरूमा हेर्न सकिने स्रोतको भनाइ छ ।

    यसरी गुम्दै छ सरकारी ढुकुटीमा आउने राजस्व  

    भन्सार विभाग र अन्तर्गतका कार्यालयहरूको मौखिक नियम तथा काम गराइले आयातकर्ता व्यापारीहरू आजित बनेका छन् । प्रत्यक्षरूपमा आयात हुने मालवस्तुहरू छिमेकी मुलुकमा आयात हुने र छिमेकी मुलुकबाट चोरी तस्करीमार्फत् नेपाल भित्रिनुले राज्यको ढुकुटीमा आउने राजस्व गुमेको छ । कस्मेटिक र कस्मेटिकजन्य सामाग्रीमा मात्र नभएर कैयौँ मालवस्तुमा यस्तै भइरहेको व्यापारीहरूको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस