Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगद्वारा थप १५ दिन समय माग

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगद्वारा थप १५ दिन समय माग

  • काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले थप १५ दिन समय मागेको छ ।दिइएको समयमा काम पूरा हुन नसक्ने जनाउँदै आयोगले थप १५ दिनको समय मागेको हो ।

    सरकारले १५ असोजमा ३ महिना समय दिएर गठन सो आयोग गठन गरेको थियो । आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि फेरि २ महिना समय थप गरिएको थियो । थपिएको सो २ महिनाको समयमा पनि  आयोगले काम पूरा गर्न नसक्ने देखिएर समय माग गरिएको हो । यस अघि थपिएको २ महिनाको अवधि १५ फागुनमा सकिन लागेको छ ।

    आयोगका अध्यक्ष डिल्लीराज आचार्यले १५ फागुनसम्म प्रतिवेदन प्रस्तुत गर्न केही समय अपुग हुने हुँदा फागुन मसान्तसम्मको समय माग गरेका हुन् । उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ  ‘यसर्थ यही फागुन मशान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप हुन अनुरोध गरी गृह मन्त्रालयमार्फत नेपाल सरकार (मन्त्रिपरिषद) समक्ष अनुरोध गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ’ ।a sun agyog 1.png

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट गत साउनमा ६० किलो भन्दा बढी सुन तस्करी भएको पाइएको थियो । त्यसपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिनको माग गरी  लगातार संसद अवरोध गरेको थियो । संसद अवरोध भएपछि प्रमुख राजनीतिक दलहरुबीच आयोग बनाउने  सहमति भएको थियो । सो सहमति अनुसार सरकारले १५ असोजमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा जाँचबुझ आयोग गठन गरेको थियो । सो आयोगमा  किशोरजंग कार्की, प्रेमराज जोशी र सहकुल थापा सदस्य रहेका छन् ।

    आयोगले राजस्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, सुन तस्करीमा संलग्नको अभियोग लागेका १०० भन्दा बढी व्यक्तिसँग बयान र सोधपुछ गरिसकेको छ ।थपिएको १५ दिन अवधिमा आयोग प्राप्त प्रमाणहरुको अध्ययन, विश्लेषण गरी प्रतिवेदन तयारीमा लगाउने बताएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij