Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

कस्मेटिक आइटम डा. रसेलको नाममा अरुण, योगेश एन्ड कम्पनीको अवैध धन्दा, निरीह बन्यो राजस्व अनुसन्धान विभाग  !


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 1.5k
    Shares

  • कस्मेटिक आइटम डा. रसेलको नाममा अरुण, योगेश एन्ड कम्पनीको अवैध धन्दा, निरीह बन्यो राजस्व अनुसन्धान विभाग  !

    काठमाडौं । डा. रसेल ब्रान्डका कस्मेटिक आइटमहरू आयात गर्ने आयातकर्ताहरूले  गैर कानुनी काम गरिरहेका छन् । योगेश अग्रवाल ,अरुण अग्रवाल र अरुणका पार्टनर रहेका नातेदारसमेतले गर्दै आएको अवैध काम नरोकिएको हो ।फेस केयर र अन्य कस्मेटिक आइटममा पार्टनर रहेका योगेश अग्रवाल , अरुण अग्रवाल र उनीहरूका अर्का पार्टनरहरूको राजस्व छलीको शृंखलाबद्ध रूप बाहिर आएको छ ।

    राजस्व अनुसन्धान विभागले हालै उनीहरूको फेस केयर नामक शो रुम र गोदाममा छापा मारेको थियो । योगेश बस्ने उक्त शोरुम रहेको गोदाममा राजस्वले सिल ग¥यो । एकदुई दिनमै सिल खोलेको राजस्व अनुसन्धान विभागले उनीहरूको कारोबारको अनुसन्धान भइरहेको बताएको छ । तर योगेश र अरुणले राजस्व अनुसन्धानसँग कुरा मिलिसकेको बताउँदै हिँडेका छन् । डा. रसेलको नेपालस्थित आधिकारिक बिक्रेता योगेश, अरुण र अरुणका एक नातेदार पार्टनर रहेको डा. रसेलका तीन दर्जन किसिमका कस्मेटिक आइटमहरू  नेपाली बजारमा बिक्री वितरण भइरहेका छन् ।

     चीनमा उत्पादन भएका डा. रसेलका छालासँग सम्बन्धित उत्पादनहरू आफै पनि स्वास्थ्यका हिसाबले विवादस्पद छन् । कस्मेटिक आइटम भनिएपनि छालासँग सम्बन्धित विभिन्न समस्याहरूको समाधान हुने दाबी गर्दै विज्ञापन तथा बजारीकरण भएको अनलाइनमा छ्यापछ्याप्ती देखिन्छ । स्वास्थ्यसँग सम्बन्धित उत्पादन हुन भने सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने कि नपर्ने एक व्यापारीले नया सडकलाई बताए ।

    उनका अनुसार चीनमा अत्यन्त न्यून मूल्यमा किन्ने र भन्सारमा न्यून बिजकीकरण गरी सामान छुटाउने र यहाँ बजारमा मनलाग्दी ढंगले बिक्री वितरण गर्ने काम उनीहरूले गरिरहेका छन् ।अनलाइनमा मनलाग्दी मूल्य राखिएको छ जसले बजार बिगारेको छ । सरकारलाई आउने राजस्व गुमेको छ । अर्का एक व्यापारीले नया सडकसँग भने ।
    डा. रसेलका आयातकर्ता तथा वितरकहरूबाट राजस्व छली भएको ठहर गर्दै  राजस्वले छापा हानेको भएपनि  उनीहरूको धन्दा भने नरोकिएको अन्य एक व्यापारीले बताए ।

    डा. रसेलका आयातकर्ता को को हुन् ?

    कस्मेटिक ब्रान्ड डा. रसेलका  आयातकर्ताहरू योगेश अग्रवाल मुख्य हुन् । यिनी कोभिड अगाडि चाइनामा बस्थे । कोभिडकै बीचमा योगेश नेपाल फर्किए । नेपालमा कस्मेटिकका विभिन्न ब्रान्डको कारोबार गर्दै आएका अरुण अग्रवालसँग उनको चाइनामै दोस्ती थियो । चाइनाबाट समेत आयात गर्ने अरुण अग्रवालले योगेशसँग मिलेर सामान आयात गर्थे । अहिले योगेश डा. रसेलको मुख्य शोरुम याट्खामा बस्छन् । अरुण अग्रवालको मखन गलीमा छुट्टै पसल तथा अफिस छ । उनले डा. रसेलसँगै कस्मेटिकका विभिन्न चाइनिज ब्रान्ड बिक्री वितरण गर्ने गर्छन् ।डा. रसेल आयातकर्ता मध्येका अर्का पार्टनर अरुणका नातेदार हुन् । उनको कस्मेटिक सामानको पसल सुरज आर्केड अगाडि छ । उनले डा. रसेलसहित कस्मेटिकका विभिन्न सामान , क्लिपकाँटा बिक्री गर्दछन् ।

    प्रतिक्रिया दिनुहोस