Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार देवको नियुक्ति लगायतका मन्त्रिपरिषद्को निर्णयहरू 


नया सडक

२०८०, फागुन १५ मंगलबार

  • 705
    Shares

  • मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सतिशकुमार  देवको नियुक्ति लगायतका मन्त्रिपरिषद्को निर्णयहरू 

    काठमाडौं ।  सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रार पदमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट  सो निर्णय गरिएको हो ।सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो जनाएकी हुन् ।

    भारतीय विदेश सचिवसँग हुने द्विपक्षीय छलफल तथा भारतको पुनेमा आयोजना हुने आर्थिक संवादसम्बन्धी कार्यक्रमको उद्घाटन सत्रमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

    सरकारले आगामी चैत १ देखि ९ गतेसम्म अमेरिकामा हुने विश्व बैंक र नेपालबिचका नयाँ खाका, नेपालमा हुन लागेको आईडीएसम्बन्धी दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत्सम्बन्धी बैठकमा अर्थमन्त्री र अर्थसचिवसहितको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय मन्त्रिपरिषद् बैठकबाट भएको छ ।

    बैठकले दुबईमा फागुन १९ गते हुने रोजगार मेलामा सहभागी हुन श्रममन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ ।आगामी फागुन १६ र १७ गते नेपाल र भारतबिच पराराष्ट्र सचिवस्तरीय छलफलमा हुने भएको जानकारी पनि प्रवक्ताले मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिने बेला सार्वजनिक गरिन् ।

     

    प्रतिक्रिया दिनुहोस