काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १४ करोड लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको जानकारी दिएको हो । राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ ।मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले फागुन १८ गते राती ७ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर आवेदन पेश गर्नुपर्नेछ । राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा ११ करोड २० लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकमा २ करोड १० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा ७० लाख रुपैयाँ लगानी गर्न लागेको छ ।