Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

कैलाली सशस्त्र प्रहरीद्वारा चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँंको मालवस्तु नियन्त्रणमा लिई अनुसन्धानका लागि पठाइयो

कैलाली सशस्त्र प्रहरीद्वारा चोरी पैठारी गरी ल्याउन खोजिएको लाखौँंको मालवस्तु नियन्त्रणमा लिई अनुसन्धानका लागि पठाइयो

  • काठमाडौं ।  कैलालीमा सशस्त्र प्रहरीले  हाल केही दिन भित्र साढे १८ लाख बढीको अवैध सामान बरामद गरेको छ ।सशस्त्र प्रहरीको नेपाल नं. ३४ गण हेडक्वाटर कैलालीबाट खटिएको टोलीले बुधबार करिब आठ लाखको अवैध मालवस्तु नियन्त्रणमा लिएको थियो ।सशस्त्रको सो टोलीले चोरी पैठारी गरी ल्याउन खोजेको लाखौँको मालसामानसहित चार जना महिलालाई  पनि समेत नियन्त्रणमा लिएको थियो ।

    प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) बिलबहादुर फोजुको कमाण्डमा खटिएको टोलीले भारतबाट अवैध रुपमा ल्याउँदै गरिएको  लत्ताकपडा तथा विभिन्न इलेक्ट्रोनिक सामान बरामद गरेको हो ।

    मालवस्तुको चोरी पैठारीमा धनगढी उपमहानगरपालिका –२ पुरानो भन्सार रोड बस्ने महेश्वरी बिष्ट, तुलसी भट्ट, धना साउद र गौरी ओझा संलग्न रहेकाले  नियन्त्रणमा लिइएको जनाइएको छ ।

     सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक–डीएसपी) खेम ठकुल्लाले अनुसार यो सहित गत साता यताको करिब १० दिन भित्र साढे १८ लाख बढीको मालवस्तु नियन्त्रणमा लिइएको छ । १८ लाख ५६ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि भन्सार कार्यालय पठाइएको  जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij