काठमाडौं । आज नेप्से २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा आएको छ । आज २ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । आज २ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३०९ कम्पनीको ७४ लाख ४६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ११ करोड १३ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोना मिनरल्स एन्ड आयल लिमिटेड अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः जोशी हाइड्रोपावर र हिमालयन रिइन्सुरेन्स परेका छन् ।