Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मन्त्रीहरु जिम्मेवारी विहीन,२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड 


२०८०, फागुन २१ सोमबार

  • 1.4k
    Shares

  • मन्त्रीहरु जिम्मेवारी विहीन,२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड 

    काठमाडौं । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले सपथग्रहण गरेका छन । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना मन्त्रीलाई सपथ खुवाए पनि उनीहरूबिना विभागीय  मन्त्री बनेका छन् । उनीहरूलाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।सोमबार साँझ नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

    कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले(माओवादी(राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठनबन्धन बनेपछि पुनगर्ठित मन्त्रिपरिषदमा तीन जनाले विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन् ।

    गठबन्धन परिवर्तनसँगै सबै मन्त्रालय खाली भएका हुन् । अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाइँ, कानुन, कृषि, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था सहकारी तथा गरिबी, भौतिक पूर्वाधार, महिला तथा बालबालिका, युवा तथा खेलकुद र रक्षा मन्त्रालय खाली भएर यी मन्त्रालयको जिम्मेवारी प्रचण्डले नै लिएका छन् ।

    यस्तै, वन, शिक्षा, स्वास्थ्य, श्रम, पर्यटन, संघीय मामिला, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मा पनि प्रधानमन्त्री प्रचण्डले नै लिएका छन् ।मन्त्रीहरुको जिम्मेवारी नतोकिँदा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड स्वयंले लिएका छन् । राष्ट्रपति कार्यालयको सूचनाअनुसार २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड नै हुने छन  ।
      

    प्रतिक्रिया दिनुहोस