Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

मन्त्रालय बाँडफाँट टुङ्ग्याउन कार्यदलको बैठक दिउँसो २ बजे बस्दै


२०८०, फागुन २२ मंगलबार

  • 447
    Shares

  • मन्त्रालय बाँडफाँट टुङ्ग्याउन कार्यदलको बैठक दिउँसो २ बजे बस्दै

    काठमाडौँ । सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसो २ बजे बस्दै छ । मन्त्रालयको भागबन्डा टुङ्गो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । 

    कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन् । 

    आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निर्णय गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस