Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा ,आजै मन्त्रिपरिषद् विस्तारको तयारी


२०८०, फागुन २३ बुधबार

  • 783
    Shares

  • सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा ,आजै मन्त्रिपरिषद् विस्तारको तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । आ(आफ्नो दलबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका गरेका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।

    माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए । गएरातिको छलफलबाट अघिल्लो पटक मन्त्री बनेकाहरुलाई नदोहोर्याउने समझदारी नेताहरुबीच भएको स्रोतको दाबी छ । यद्यपि यसको अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

    आजै एकीकृत समाजवादीको पनि बैठक बस्दै छ । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतले मंगलबार भेटेर सरकारमा सहभागी हुन अनुरोध गरेका थिए । अध्यक्ष नेपालले पार्टीको बैठक बसेर आवश्यक निर्णय लिने जवाफ दिएका थिए । त्यसैले एकीकृत समाजवादीको सचिवालय बैठक ११ बजे बस्दैछ ।

     

    प्रतिक्रिया दिनुहोस