Logo

May 23 2025 | २०८२, जेठ ९गते

May 23 2025 | २०८२, जेठ ९गते

images

सुन हालसम्मकै महँगो, तोलाको एक लाख २३ हजार ५०० रुपैयाँ

सुन हालसम्मकै महँगो, तोलाको एक लाख २३ हजार ५०० रुपैयाँ

  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनले पुनः नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारको नयाँ रेकर्डलाई पछि पार्दै सुन आजसम्म कै उच्च मूल्यमा पुगेको हो । सुनचाँदी व्यवसायीका अनुसार बुधबार सुन तोलामा ५०० रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य बढेर एक लाख २३ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मुल्य हो ।

    त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij