Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

महाशिवरात्रीको अवसरमा विशाल भण्डारा नेपालको नि : शुल्क भोजन वितरण , दैनिक ५ देखि ३० हजारसम्मलाई भोजन खुवाईदै 


२०८०, फागुन २३ बुधबार

  • 2.0k
    Shares

  • महाशिवरात्रीको अवसरमा विशाल भण्डारा नेपालको नि : शुल्क भोजन वितरण , दैनिक ५ देखि ३० हजारसम्मलाई भोजन खुवाईदै 

    काठमाडौं । विशाल भण्डारा नेपालले महाशिवरात्रीको अवसरमा पशुपतीनाथ मन्दिर परिसरमा  नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको छ । विशाल भण्डारा नेपालले २१ गते सोमवारदेखि  नि : शुल्क भोजनसहितको भण्डारा संचालन गरेको हो । पशुपतीनाथ मन्दिर परिसरको हन्स मण्डपसंगै संचालित भण्डारामा दैनिक निशुल्क भोजन वितरण गरिदैं आएको छ । उक्त भण्डारामा सोमवार र मंगलवार करिव ५ हजार भक्तजन तथा साधु संतलाई भोजन वितरण गरिएको समाजसेवी रतन शर्माले बताए । उनका अनुसार बुधबार र बिहिवार करिव १० हजार र शिवरात्रिको दिन शुक्रबार २० देखि ३० हजार जना भक्तजन तथा साधु संतहरुलाई  नि : शुल्क भोजन खुवाईने बताए । भण्डारमा भक्तजन तथा साधु संतहरुलाई सहजरुपमा   नि : शुल्क भोजन वितरणको ब्यवस्था मिलाईएको किसन अग्रवालले बताए । 
    शनि मन्दिर नेपालगंजका योगी मंहन्त भीमनाथको प्रत्यक्ष निगरानीमा भएको हवन र नि : शुल्क भोजनको व्यवस्था यहि फागुन २६ गतेसम्म संचालन हुने छ । विगत वर्षहरुमा पनि भण्डारा संचालन गर्दै आएको विशाल भण्डारा नेपालले यो वर्ष भण्डारा संचालन गर्न झण्डै ४० लाख खर्चहुने अनुमान गरिएको समासेवी रतन शर्माले बताए । 

    fb.jpg

     

    bs.jpgfn.jpgkd.jpgrt.jpg

    प्रतिक्रिया दिनुहोस