Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा  सहमति , कसलाई कुन मन्त्रालयको जिम्मा 


२०८०, फागुन २३ बुधबार

  • 1.6k
    Shares

  • सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा  सहमति , कसलाई कुन मन्त्रालयको जिम्मा 

    काठमाडौं । सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा  सहमति भएको छ । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएको बताइएको छ ।सहमितअनुसार अर्थमन्त्री माओवादीले लिने सहमति भएको छ ।  माओवादीका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने निर्णय माओवादीले गरिसकेको छ ।
    सहमतिअनुसार नेकपा(माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन्  । माओवादीले सञ्चार मन्त्रीका रूपमा फेरि रेखा शर्मालाई पठाउने भएको छ । त्यसै गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतले निरन्तरता पाउँदा हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने भएका छन् । 
    एमालेले सचिव रघुवीर महासेठको नेतृत्वमा एक राज्यमन्त्रीसहित ९ जनालाई पठाउने पार्टी स्रोतले बतायो । रघुवीरलाई भौतिक पूर्वाधार मन्त्रालयमा पठाइनेछ । अन्यको भने मन्त्रालय टुंगो लागिसकेको छैन ।राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरी, हरिप्रसाद उप्रेतीलाई पनि एमालेले पुनस् सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले चार मन्त्रालय पाएको छ । रास्वपाले गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने भएको छ ।

    प्रतिक्रिया दिनुहोस