काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरेको छ । पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए । सरकारलाई समर्थन जनाउँदै सबै कुरा मिलेपछि सरकारमा जाने निर्णय गरेको छ खतिवडाले त्यसका लागि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने जिम्मा अध्यक्ष माधव नेपाललाई बैठकले दिएको छ ।