Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एनआरएनए युरोप युवा संयोजक भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त


२०८०, फागुन २४ बिहीबार

  • 762
    Shares

  • एनआरएनए युरोप युवा संयोजक भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त

    माल्टा ।  नेपालका लागि माल्टाका पर्यटनदुतमा एनआरएनए युरोपका युवा संयोजक  प्रकाश भण्डारी नियुक्त भएका छन । फागुन १३ गते नेपाल सरकार मन्त्रीपरिषदको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको निर्णयानुसार भण्डारी माल्टाका लागि पर्यटनदुतमा नियुक्त नियुक्त भएका हुन ।
    युरोपको माल्टा देशका लागि पर्यटनदुतमा नेपाल सरकारले नियुक्त गरेपछि आफूलाई धेरै खुसी लागेको भण्डारीले बताए । नेपालको पर्यटन प्रवर्दनमा आफू लागि परेको र नेपाल सरकारले आफूलाई विश्वास गरेर जिम्मा दिएपछि सक्रिय भएर ईमान्दारीताका साथ जिम्मेवारी पूरा गर्ने उनले बताए ।
    नेपालको बागलुङ जिल्ला गलकोट नगरपालिका वडा नम्बर ११ मनेवा स्थायी घर भएका भण्डारी २०१६ मा रोजगारीको सिलसिलामा माल्टा पुगेका थिए । माल्टामा गैर आवासीय नेपाली संघ गठनको लागि प्रमुख भूमिका खेलेका भण्डारीले २०१९ देखि २१ सम्म एनआरएनए माल्टाको उपाध्यक्षको जिम्मेवारी समेत सम्हाली सकेका छन । हाल भण्डारी एनआरएनए युरोप युवा संयोजक र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको सल्लाहकारको भूमिकामा रहेका छन ।
    नेपाल माल्टा च्यारिटी अर्गनाइजेशनको संयोजक भएर भण्डारीले २०२३ अप्रिल १६ तारीखका दिन माल्टाको राजधानी भेलेटामा नेपाल डे सेलीब्रेसन नेपाल दिवस भब्यरुपमा सम्पन्न गराउन सफल भएका थिए । २०२४ मा पनि नेपाल डे सेलीब्रेसन भब्यरुपमा मनाउने तयारी भईरहेको भण्डारी बताउछन ।
    २०२४ को अगस्टमा माल्टाबाट विदेशी टोली लिएर पर्यटन प्रवर्दनका लागि नेपाल भ्रमणमा जान लागेको उनले बताए । नेपालको पर्यटन प्रवर्दनमा विदेशमा रहेका सबै नेपाली एक भएर लाग्नुपर्नेमा भण्डारीले जोड दिदैं आफुलाई नेपाल सरकारले दिएको जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस