Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

दुवै संघीय संसद्को बैठक बस्दै, यस्तो छ कार्यसूची


२०८०, फागुन २४ बिहीबार

  • 678
    Shares

  • दुवै संघीय संसद्को बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौँ । दुवै संघीय संसद्को बैठक आज बस्दै छ । यसअघि  सूचना टाँसेर स्थगन भएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१७ बजे संघीय संसद् भवनमा बस्ने  छ । 

    प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । 

    राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ । 

    राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने कार्यसूची रहेको छ 

    प्रतिक्रिया दिनुहोस