Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

विनोद लिला र प्रमोद लिला (अग्रवाल)ले संचालन गरेका गार्मेन्ट म्याटेरियल्स आयात तथा बिक्री वितरण गर्ने फर्महरुमा राजस्व अनुसन्धान विभागको छापा 

विनोद लिला र प्रमोद लिला (अग्रवाल)ले संचालन गरेका गार्मेन्ट म्याटेरियल्स आयात तथा बिक्री वितरण गर्ने फर्महरुमा राजस्व अनुसन्धान विभागको छापा 

  • काठमाडौं । राजस्व अनुसन्धान विभागले तयारी पोशाक (गार्मेन्ट) बनाउन प्रयोग गरिने सामग्री (म्याटेरियल्स)को आयात तथा बिक्री वितरण गर्ने फर्महरुमा  छापा मारेको छ। पशुपति लेवलको नामबाट परिचित काठमाडौंको नयाँवजार, पकनाजोल ,न्युरोड ओम बहाल तथा ताहाचलमा पसल तथा अफीस राखेर तयारी पोशाक (गार्मेन्ट) बनाउन प्रयोग गरिने सामग्री (म्याटेरियल्स)को ठूलो कारोवार गर्दै आएका फर्ममा राजश्व अनुसन्धान विभागले बुधवार एक साथ छापा मारेकोे हो । प्रमोद लिला ,विनोद लिला (अग्रवाल) तथा उनका छोराहरुले संचालन गरेका पसल तथा फर्महरुले ठुलोमात्रामा राजश्व छली भएको पाइएपछि राजश्व अनुसन्धान विभागले एक साथ मापा मारेको बताइएको छ । 
    सामान्यतया  चेनको रुपमा बुझिने जिपर, बटन, एलास्टिक, धागो, फिता,डोरी तथा अन्य विभिन्न प्रकारका गार्मेन्ट म्याटेरियल्स आयात र बिक्रीमा छुट्टै पहिचान बनाएको पशुपति लेवलले  थोक तथा खुद्रा दुवै किसिमको बिक्री वितरण गर्दै आएको छ । यस्तै राजस्व अनुसन्धान विभागले राजश्व छलीको आरोपमा काठमाडौं उपत्यकका विभिन्न फर्महरु तथा उपत्यका बाहिरका केहि फर्महरुमा समेत छापा हानेर कारबाहि प्रक्रिया अगाडी बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij