Logo

Oct 27 2025 | २०८२, कात्तिक १०गते

Oct 27 2025 | २०८२, कात्तिक १०गते

images

 शिवपुरी सडकका कामदारमाथी कुटपिट 

 शिवपुरी सडकका कामदारमाथी कुटपिट 

  • नुवाकोट । बिगत लामो समय जेल जिबन बिताएर छुटेका नुवाकोटका  सन्तोष गुरुङ उर्फ जिरे भन्ने ब्यक्ति लगाएत ५र६ जनाको समुहले पिआर इन्फ्राक्चर कम्पनीद्वारा शिवपुरीमा निर्माण गर्दै गरेको सडकका कामदार लाई कुटपिट गरि सख्त घाईते बनाएका छन । उनिहरुले उक्त सडकका कामदारहरु राम कुमार ओलि,सोम बहादुर चेपाङ,श्याम तामाङ, राम प्रसादलगाएतलाई दिन दहाडै कुटपिट गर्दै उक्त सडक निर्माणको ठेकेदार कम्पनि पिआर इन्फ्राक्चरले शेयर र हप्ता असुली नदिए सम्म काम गर्न नदिने चेतावनी दिएका थिए ।उनिहरुले जेसिबिको अपरेटर राम कुमार   ओलिलाई कुटपिट गर्नुका साथै  कानमा लगाएको सुनको रिङ समेत लुटि कानको लोती समेत छिनाइ भागेका थिए । 
    उक्त आक्रमणमा सम्लग्न ब्यक्ति हरुलाई आबस्यक  कार्बाहीको लागी जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र अपराध अनुसन्धान विभागमा निवेदन जाहेरी हालेका छन । उक्त कुटपिटपछि अहिले उक्त सडक निर्माणको लागी क्रसरको काम रोकिएको छ । यस बिसयमा जानकारी लिन कुटपिट गर्ने सन्तोष गुरुङ उर्फ जिरेलाई सम्पर्क गर्दा उनको फोन सम्पर्क हुन सकेन । देशमा गणतन्त्र आउदा पनि यसरी दिन दहाडै कुटपिट गर्ने समुहलाइ कार्वाही नहुदा शिवपुरी वासिहरु सन्त्रासमा रहेका छन । यता पीडित र कन्स्ट्रक्सनकम्पनीका संचालकहरु भने न्यायको लागि सरोकारवाला निकाय धाइरहेका छन ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij