Logo

Sep 09 2025 | २०८२, भदौ २४गते

Sep 09 2025 | २०८२, भदौ २४गते

images
मन्त्रिपरिषद् बैठक

सीआईबीको प्रमुख परिवर्तन,ज्ञवालीले पाए जिम्मेवारी

सीआईबीको प्रमुख परिवर्तन,ज्ञवालीले पाए जिम्मेवारी

  • काठमाडौँ । प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ । एआईजी किरण बज्राचार्य सुन तस्करी प्रकरणमा कारबाही सिफारिस भएसँगै मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उनको ठाउँमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।बैठकले सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले २०८० चैत १ गते माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनको गम्भीर अध्ययन गरी तत्काल कार्यान्वयनको प्रक्रियामा लैजाने निर्णय पनि गरेको छ  । बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले बज्राचार्यको प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको जानकारी दिइन् । ज्ञवाली भने प्रधान कार्यालयको कार्यविभागमा कार्यरत थिए ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij