Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

तारेभीर जंगलमा गाडिएकी युवतीको आरोपित हत्यारा पक्राउ


नया सडक

२०८०, चैत ४ आइतबार

  • 435
    Shares

  • तारेभीर जंगलमा गाडिएकी युवतीको आरोपित हत्यारा पक्राउ

    काठमाडौं । प्रहरीले  गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीर जंगलमा  हत्या गरी गाडिएकी युवतीको आरोपित हत्यारालाई पक्राउ गरेको छ ।
    स्थानीय १८ वर्षीया सुष्मा लामाको हत्या आरोपमा पक्राउ प्रहरीले गोकर्णेश्वर नगरपालिका–३ कै २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरेको हो ।
    उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार आरोपित हत्यारालाई सार्वजनिक ग¥यो ।२४ फागुनको दिउँसो साढे ४ बजेतिर तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा दुई वटा हात मात्रै देखिएको र अन्य भाग पुरिएको अवस्थामा मानिसको शव स्थानीयहरूको नजरमा आएपछि प्रहरीलाई खबर भएको  थियो ।

    खबर आउनसाथ प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुगेको थियो । त्यसदिन साँझदेखि घटनास्थललाई नियन्त्रणमा राखेको प्रहरीले २५ फागुनमा शव उत्खनन कार्य पूरा गरिरहँदा  शवका  दुई हात बेल्टले बाँधिएको र घाँटीमा टाइले कसिएको अवस्थामा फेला पर्ने बेलामै हत्या भएको ठहर प्रथम दृष्टिमा गरेको थियो । अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले क्राइम सिन र शवको अवस्था देख्नेबित्तिकै हत्या भएको बुझी  फेला परेका प्रमाणहरुको गहन अनुसन्धान सुरु गरिएको जानकारी दिने क्रममा बताए ।उनका अनुसार अनुहार हेरेर मात्र शव चिन्न सकिने अवस्था थिएन । तर कपडाको खल्तीमा भेटिएको चाबीबाट फेला परेको  शव सुष्माकै हो भनेर परिवारजनले शव सनाखत गरेका थिए । शव पहिचान गरेको एक सातापछि प्रहरीले हत्या आरोपितलाई सार्वजनिक गरेको हो ।

     किन भयो हत्या ? 

    प्रहरीका अनुसार सुष्मा र पक्राउ परेका युवक रुपेन्द्र एकै ठाउँका बासिन्दा हुन् । उनीहरु बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो ।प्रहरीसमक्ष दिएको बयानबाट प्रहरीले पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्ने गरेको थियो । तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध नचाहेको थाहा पाएपछि उनमा सुष्मा मेरो हुन नसके कसैको हुन नसक्ने विचारबाट प्रेरित भइ हत्या भएको देखिन्छ ।

    अनुसन्धानको नेतृत्व गरेका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जनाए अनुसार रुपेन्द्रले सात दिनसम्म सुष्माको गतिविधिको अध्ययन गरी  सुष्माले पढ्ने बुढानीलकण्ठ मावि जाने बाटो कुरेर बस्ने गरेको, अन्य व्यक्ति देखेकाले सफल नभएको र आठौं दिनमा हत्या गरेर शव गाडेको बयान दिएका छन् ।हत्यागरेपछि बाटोबाट करिब ५० मिटर जति तल लगेर रुपेन्द्रले शव गाड्ने काम उनले एक्लैले गरेको अनुसन्धानबाट  देखिएको प्रहरीको भनाइ छ ।

    प्रहरीले रुपेन्द्रको घरबाट शव गाड्न प्रयोग भएको कुटो, कुटो बोक्न प्रयोग गरेको झोला, सुष्माको किताब र मोबाइलसमेत बरामद गरेकोले सुष्माको हत्यामा रुपेन्द्रका संलग्नतालाई पुष्टि गरेको दाबी छ ।सुष्मा २२ माघमा घरबाट कलेज गएदेखि नफर्केको मोबाइलबाट २३ माघमा उनको फेसबुक आइडीमा  बेहुला बेहुलीको कपडा लगाएको फोटो पोस्ट भएको थियो । फोटोमा बेहुलाको अनुहारमा इमोजी राखेर छोपिएको थियो भने क्याप्सनमा ‘सरी सबैजनालाई ३ दिनमा म आउँछु ।’ लेखिएको थियो ।

    त्यसको ३ दिनपछि २५ माघमा परिवारका सदस्यले सुष्मा हराएको भन्दै प्रहरीमा निवेदन दिए । प्रहरीमा निवेदन दिएको भोलिपल्टै सुष्माकी दिदी नाता पर्नेलाई सुष्माको मोबाइलबाट पठाइएको एक म्यासेजमा  ‘के को पुलिस रिपोर्ट गरेको ? म ३ दिनमा आउँछु भन्दाभन्दै कस्तो मान्छेहरु रहेछ छ ।

    परिवारले चालेको एक–एक कमदबारे जानकारी भएसरी उनकै मोबाइलबाट म्यासेज आउँदा परिवार झन् चकित हुँदै गएको थियो । प्रहरीले रुपेन्द्र पक्राउ परेपछि यो सब उनैले सुष्माको हत्या छल्न गरेको चालबाजी भएको खुलेको छ । प्रहरीले सो फेसबुक पोस्ट भएको फोटोको आधारमा अनुसन्धान बढाएर अरोपित हत्यारालाई पक्राउ गरेको हो ।
    फोटो अनुसन्धान शृंखलामा प्रहरीले सुष्मासँग कुराकानी हुने व्यक्ति र उनका साथीहरुको खोजी गर्दै एक सय जना भन्दा बढीसँग सोधपुछ गरेको थियो । २० जनालाई प्रहरी कार्यालयमै उपस्थित गराएर सोधपुछ ग¥यो ।  गाउँमा ७० ओटाजति घर  थियो । पुरै गाउँ नै सर्च गरेपछि रुपेन्द्रलाई घरैबाट पक्राउ  गरियो । पक्राउ परेका रुपेन्द्रलाई कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाउन प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

    प्रतिक्रिया दिनुहोस