Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

 राजस्व अनुसन्धान विभागद्वारा  सन्दिप ट्रेडर्ससहित विभिन्न कम्पनी तथा व्यक्तिहरूउपर ७९ करोड सजाय मागदाबी सहित मुद्दा दायर  


नया सडक

२०८०, चैत ५ सोमबार

  • 1.3k
    Shares

  •  राजस्व अनुसन्धान विभागद्वारा  सन्दिप ट्रेडर्ससहित विभिन्न कम्पनी तथा व्यक्तिहरूउपर  ७९ करोड सजाय मागदाबी सहित मुद्दा दायर  

    काठमाडौं ।   राजस्व अनुसन्धान विभागले सन्दिप ट्रेडर्ससहित विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ७९ करोड सजाय मागदाबी सहित मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले आज सोमबार उच्च अदातल बुटवल र उच्च अदालत पाटनमा उक्त मुद्दा दायर गरेको हो ।

    सन्दिप ट्रेडर्सको कारोबारसम्बन्धी कागजातहरूको विवरण विश्लेषण गर्दा सो फर्मले २०७९/५/२७देखि २०८०/५/२१सम्म  फर्मको प्रविष्टि प्रणालीमा विवरण हेर्दा उक्त फर्मले ६ करोड ५४ लाख २२ हजार ६ सय ६० रुपैया बराबर  मालवस्तुको बिक्री र ६ लाख ४९ हजार ४सय बराबरको मालवस्तु खरिद गरेको देखियो । 

    उक्त फर्मले खरिद बिल , भन्सार प्रज्ञापन पत्रलगायत अन्य विश्वसनीय खरिद स्रोत बिना नै करोडौं रुपैयाको मालवस्तु बिक्री गरेको देखियो ।विभागले दायर गरेको मुद्दामा  करदाताले भन्सार चोरीपैठारी गरी मालवस्तुको कारोबार गरी राजस्व चुहावट गरेको देखिएको उल्लेख छ । राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा ३ ले निषेध गरेको कार्य  गरी दफा ४को खण्ड क च  र झ बमोजिम कसुर गरेको अनुसन्धान बाट पुष्टि भएकोले सन्दिप ट्रेडर्स र त्यसका मुख्य कारोबारी दयाशंकर चौधरी र उक्त फर्मका सञ्चालक विमलावती देवी चौधरी कुर्मीमाथि बिगोसहित १२ करोड ८५ लाख २६ हजार २ सय ८० रुपैयाँ बिगो कायम गरी राजस्व चुहावट गरेको अनुसन्धानबाट देखिएकोले उच्च अदालत बुटवलमा साजय मागदाबीसहित मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले नयाँ सडकलाई बताए ।

    यस्तै  विभागले प्रयोगमा ल्याएको भीसीटीएस  प्रणालीमा प्रतिवादी राहल कुमार द्विवेदीले प्रविष्टि गरेको खरिद बिक्रीको विवरण  ,निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्टि गरेको विवरणबाट प्राप्त भ्याट रिर्टन, प्रतिवादीहरू गुरु इम्पेक्स र त्यसका प्रोपराइटर  सीताराम प्रसाद रौनियार, शुभश्री इन्टरप्राइजेट र त्यसको प्रोपराइटर रिजवान अन्सारी, न्यू कञ्चन इन्टरप्राइजेजर त्यसका प्रोपराइटर मिरा कुमारी श्रीवास्तव, एस.पी. कन्सर्न र त्यसका प्रोपराइटर प्रभु शंकर रौनियार र र न्यू एस कुमार इन्टरनेशनल र त्यसका प्रोपराइटर रामछवि कलवारले गरेको कारोबार सम्बन्धमा भएको छानबिन तथा विश्लेषण  अनसन्धानकाक्रममा विभागबाट गरिएको अनुसन्धानले मिलेमतोमा प्रतिवदी राहुल कुमार द्विवेदी र माथि उल्लेखि फर्महरू तथा बिरवलजी भनिने भारतीय नागरिकको मिलोमतो र संलग्नतामा व्यवसायिक मालवस्तुहरू भन्सार बिन्दुबबाट छली गरी चोरी पैठारी गरेकोमा हदैसम्मको कारबाही माग गरिएको विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए ।

    विभागले राजस्व चुहावट र चोरी पैठारी कसुरको ऐन, २०५२को दफा २० बमोजिम अभियोजन गर्नु पर्ने देखिएको ठहर गर्दै जया एन्ड जिया इम्पेक्स र त्यसका प्रोपराइटर राहल कुमार द्विवेदीको हकमा १७ करोड ३८ लाख ८० हजार २ सय ४० रुपैया , गुरु इम्पेक्स र त्यसका प्रोपराइटर सीताराम प्रसाद रौनियारको हकमा १ करोड ८२ लाख ९४ हजार ४ सय ७८ रुपैया ,शुभश्री इन्टरप्राइजेज र त्यसका प्रोपराइटर रिजवान अन्सारीको हकमा २ करोड ११ लाख १९ हजार २ सय ३६ रुपैया, न्यू कञ्चन इन्टरप्राइजेज र त्यसका प्रोपराइटर मिरा कुमारी श्रीवास्तवको हकमा २ करोड ११ लाख ८१ ह्जार ९ सय ४ रुपैयाँ , एस.पी.कन्सर्न र त्यसका प्रोपराइटर  प्रभुशंकर रौनियारको हकमा १ करोड ७८ लाख ४० हजार २सय  र न्यू एस कुमार इन्टरनेशनल र त्यसका प्रोपराइटर रामछत्रि साह कलवारको हकमा १ क।रोड ७५ लाख २८ हजार ६ सय ६० रुपैयाँ बिगो असुल गरी बिगो बमोजिमको जरिवाना माग गरी उच्च अदालतमा मुद्दा दायर गरेको सूचना अधिकारी नवराज अधिकारीले बताए ।विभागले पछिल्ला दिनहरूमा गम्भीर प्रकृतिका राजस्व छलीको  अनुसन्धान तीव्ररूपमा अगाडि बढाइरहेको विभागका महानिर्देशक नवराज ढुंगानाले नयाँ सडकलाई बताए ।

    प्रतिक्रिया दिनुहोस