Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त


२०८०, चैत ६ मंगलबार

  • 708
    Shares

  • राष्ट्र बैंकका निर्देशक आचार्य बर्खास्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य बर्खास्त भएका छन् । आचार्यले महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा राष्ट्र बैंक मानव संशाधन विभागले बर्खास्त गरेको हो ।बर्खास्तीमा परे पनि भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैंकले जनाएको छ ।

    गएको पुस २७ गते केन्द्रीय बैंकले नगरकोटमा आयोजना गरेको कार्यक्रममा आचार्यले वरिष्ठ महिला कर्मचारीमाथि दुव्र्यवहार गरेका थिए । त्यसपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो ।छानबिनमा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको थियो । चित्तबुझ्दो जवाफ नआएपछि बैंकले सेवाबाट हटाएको हो 

    प्रतिक्रिया दिनुहोस