काठमाडौं । कुमारी सबल योजना नेप्सेमा सूचीकृत भएको छ । कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’को ७ करोड ४४ लाख ७५ हजार ०७० इकाई नेप्सेमा सूचीकरण गरिएको हो । माघ २८ गतेदेखि फागुन १३ गतेसम्म यस योजनाको इकाई बिक्री खुला गरिएको थियो । कुमारी क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो ।