Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

ताप्लेजुङको मेरिङदेनमा आगलागी , दुईवटा घर जलेर नष्ट


नया सडक

२०८०, चैत ७ बुधबार

  • 387
    Shares

  • ताप्लेजुङको मेरिङदेनमा आगलागी , दुईवटा घर जलेर  नष्ट

    ताप्लेजुङ ।  ताप्लेजुङमा मङ्गलबार आगालागी हुँदा दुईवटा घर जलेका छन् ।  मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् । जिल्लाका केही वनमा पनि आगो सल्केको छ । बितेका सात दिनमा सातवटा घर जलेका उक्त कार्यालयले जनाएको छ । रासस

    प्रतिक्रिया दिनुहोस