Logo

Sep 17 2024 | २०८१, असोज १गते

images
प्रतिनिधिसभा

छोटी भन्सारबाट सहज आवातजावतको माग


नया सडक

२०८०, चैत ७ बुधबार

  • 528
    Shares

  • छोटी भन्सारबाट सहज आवातजावतको माग

    काठमाडौँ।  ७ चैतः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विभिन्न समसामयिक विषयमा धारणा राख्नुभएको छ । बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले कोरोना महामारीको समयमा बन्द भएका नेपाल–भारत सीमाका छोटी भन्सार कार्यालयबाट हुने आवतजावत सहज बनाउन माग गर्नुभयो ।

    “छोटी भन्सार नाकामा चारपाङ्ग्रे सवारी बन्द हुँदा तराई–मधेसका नागरिकलाई दुई देशबीच आवतजावतमा समस्या भएको छ । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरमा सडक विस्तारका कारण बिजुलीका पोल अलपत्र हुँदा दुर्घटनाको जोखिम बढेको बताउनुभयो । उहाँले सडकको बीचमा अलपत्र बिजुलीका पोल तत्काल व्यवस्थापन गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केनद्र)का सांसद बिमला सुवेदी काठमाडौँ–नुवाकोट जोड्ने पासाङल्हामु राजमार्गअन्गर्तको तीनपिप्ले रानीपौवा सडक ठेक्का प्रक्रियामा जानु राम्रो भएको भन्दै रानीपौवा र पीपलटार सडकको पनि स्रोत व्यवस्थापन गरी अविलम्ब ठेक्का प्रक्रियामा लैजान आग्रह गर्नुभयो । साथै, उहाँले भूकम्पबाट क्षतिग्रस्त नुवाकोट दरबारको पुनःनिर्माण नभएको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    सांसद भीमप्रसाद आचार्यले सुनसरी, मोरङ र झापा जिल्लामा हात्तीको आतङ्क बढदै गएको र इटहरी वडा २ मा हात्तीको आक्रमणबाट रवीन खड्काको मृत्यु भएको र उहाँको घरमा क्षति पुगेको, इटहरीकै गीता आचार्यको १५ कट्ठामा लगाएको केरा खेतीमा क्षति पु¥याएको हुँदा हात्ती नियन्त्रण र निजहरुलाई क्षतिपूति दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद मीना तामाङले अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको कृषि खेतीलाई प्रोत्साहन गर्न कृषिमैत्री बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद मैना कार्कीले सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन सर्वोच्च अदालतको फैसला, पीडितको मागअुनसार निष्पक्षरुपमा ऐन संशोधन गरी छिटो निष्कर्षमा पु¥याउन माग गर्नुभयो । सांसद मङ्गलप्रसाद गुप्ताले राजमार्ग निर्माणमा बढी ध्यान दिनुपर्नेमा पहुँचवालाको ठाउँमा मात्र सडक निर्माणका लागि बजेट विनियोजन भएको भन्दै आगामी आवको बजेटमा ध्यान दिनुपर्ने बताउनुभयो । सांसद योगेन्द्र मण्डलले केही दिनदेखि धेरैस्थानमा आगलागी भएको र विपन्न बस्ती बढी प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रघुजी पन्तले दलितसम्बन्धी पारित कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सांसद रणकुमारी बलम्पाकी मगरले नेपालमा प्रतिवर्ष २१ हजार भन्दाबढी महिला हिंसाले सहनुपरेको र विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रत्येक तीन महिलामध्ये एक महिला आफ्नै परिवारका सदस्यबाट हिंसा हुने गरेको देखिएकाले नियन्त्रमा सरकारले ध्यान दिन माग गर्नुभयो । सांसद रञ्जुकमारी झाले नागरिकता अहिले पनि सहजरुपमा पाउन नसकेको र मधेसमा अवैधरुपमा मदिराको बिगबिगी रहेको भन्दै नियन्त्रण गर्न गृहमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारमा गएका धादिङका पहलमान थापा र ओखलढुङ्गाका भुवन श्रेष्ठ बल्डमनीको आभावमा जेलमा रहेको भन्दै उनीहरुलाई निकाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजु थापाले वर्तमान गृहमन्त्रीमाथि सहकारीको पैसा हिनामिनाको आरोप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद राजेन्द्रकुमार केसीले नागढुङ्गामा सुरुङमार्ग निर्माणमा भएको अवरोध खुलाउन स्थानीयलाई मुआब्जा दिन र खानेपानीको मुहान सुकेको हुँदा त्यसको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामकुमार राईले खोटाङका विभिन्न पालिकाका जङ्गलबाट भीषण आगलागी हुँदा ऐँसेलुखर्क गाउँपालिका–६ मा बुद्धिमान लम्सालको घर जलेर नष्ट भएको र ६० वटा बाख्रा जलेको तथा अन्य स्थानमा पनि आगलागी भएको हुँदा राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद रामकृष्ण यादवले देशभरका पुल र सडक निर्माणमा ढिलाइ भइरहेको जानकारी गराउनुभयो । सांसद रामहरि खतिवडाले सत्तारुढ दलले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा विभिन्न विषयमा आयोग पनि बनाउने भनेपनि सहकारीको रकम हिनामिना गरेको विषयमा छानबिन समिति गठनबारे उल्लेख नभएको बताउनुभयो ।(रासस)

    प्रतिक्रिया दिनुहोस