Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

फागुन मसान्तसम्म १० खर्ब बढीको आयातमा ३ खर्ब बढी १० वस्तुको आयातमा खर्च ,यो सूचीको शीर्षमा डिजेल पुछारमा हवाई इन्धन


नया सडक

२०८०, चैत ७ बुधबार

  • 687
    Shares

  • फागुन मसान्तसम्म १० खर्ब बढीको आयातमा ३ खर्ब बढी १० वस्तुको आयातमा खर्च ,यो सूचीको शीर्षमा डिजेल पुछारमा हवाई इन्धन

    काठमाडौं । चालु आवको फागुन मसान्तसम्म १० वस्तुको आयात गर्दा ३ खर्ब २ अर्ब ४० लाख २३ हजार रुपैयाँ खर्चिँदा ८५ अर्ब ४७ करोड २६लााख ४१ हजार रुपैया राजस्व संकलन भएको भन्सार विभागले जनाएको छ ।विभागका अनुसार सो अवधिमा सबैभन्दा धेरै विदेशी मुद्रा डिजेल आयातमा खर्चिन परेको छ ।

     कुल ८ लाख ४३ हजार १ सय ७० किलोलिटर डिजेल आयात गर्दा ८८ अर्ब ८८ करोड ९३ लाख १२ हजार रुपैयाँ बाहिरियो ।सरकारले डिजेल आयातबाट ३४ अर्ब २४ करोड ४ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन ग¥यो । गत आर्थिक वर्षको सोही अवधिमा ८ लाख २० हजार ७७० किलो लिटर डिजेल आयात भएको थियो। चलु आवमा २० हजार किलोलिटरको आयात वृद्धि भई  आठ महिनामा २.७३ प्रतिशतले बढी भयो  ।

    सबैभन्दा धेरै आयात हुनेको दोस्रो आयात गरिएको वस्तुमा  पेट्रोल रहेको छ । आठ महिनाको अवधिमा ४४ अर्ब ६३ करोड ६७ लाख ६८ हजार रुपैयाँ बराबरको ४ लाख ५० हजार ५१ किलोलिटर पेट्रोल आयात भयो । जस अनुसार  २५ अर्ब ७३ करोड ९० लाख २६ हजार रुपैयाँ राजस्व संकलन भयो । गत वर्ष ४ लाख ४१ हजार ८१९ किलोलिटर पेट्रोल आयात भएको थियो । चालु वर्षको यो अवधिमा करिब १० हजार किलोलिटरको आयात बढेको छ ।

    सबै भन्दा धेरै तेस्रो आयात हुने  खाना पकाउने ग्याँस (एलपीजी) हो । फागुन मसान्तसम्मको आठ महिनामा ३४ करोड ७२ लाख ३८ हजार ९ सय २२ किलो ग्याँस आयात गर्न परेको मूल्य ३५ अर्ब ८७ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ । यसबाट ६ अर्ब ६९ करोड २५ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भयो । गत वर्ष ३४ करोड आठ लाख ५९ हजार केजी ग्यास आयात भएकोमा यो वर्ष ६३ लाख बढी किलो खाना पकाउने ग्यासको आयात भयो । यो आयात वृद्धि १.८ प्रतिशत आकलन गरिएको छ ।

    फागुन मसान्तसम्म सबै भन्दा बढी आयात हुने चौथो वस्तु फलाम रहेको छ । आठ महिनामा २५ अर्ब ९१ करोड ४१ लाख ३७ हजार मूल्य बराबरको ५४ करोड १० लाख ९८ हजार ९ सय ३७ किलो स्पन्ज आइरन आयात भयो छ ।

    एचआर सिट २८ करोड ४० लाख ४९ हजार ५ सय ५१ किलो आयात भएको छ । यसका लागि २४ अर्ब ४७ लाख ७३ लाख १४ हजार रुपैयाँ खर्चिएको छ । सबै भन्दा धेरै आयात हुने पाँचौ वस्तु एचआर सिटबाट  ३ अर्ब ४१ करोड ११ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

    आठ महिनामा १९ अर्ब ३७ करोड ७७ लाख ६८ हजार रुपैयाँ बराबरको   १२ लाख ४९ हजार ४ सय ८१ पिस स्माटफोन आयात हुँदा सरकालाई ३ अर्ब ६० करोड ७५ लाख २६ हजार रुपैयाँ राजस्व संकलन भयो । स्मार्टफोनको आयात छैटौ ठुलो आयात हो । 

    औषधि आयात सातौँ ठुलो आयात भएको र आठ महिनामा १७ अर्ब ९६ करोड ५५ लाख ८१ हजार तिरेर ९५ लाख ९० हजार ६ सय १ किलो औषधि आयात भयो । यसबाट सरकालाई ९० करोड ९ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भयो ।

    आठौं स्थानमा सुनको आयात छ । आठ महिनामा१६ अर्ब १२ करोड २५ लाख ८२ हजार रुपैयाँ रकम खर्च भई  १९ लाख १ हजार ८ सय ग्राम सुन आयात भएको विभागले जनाएको छ । सुन आयातबाट  २ अर्ब ४१ करोड ८४ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भयो ।

    आठ महिनामा ९० करोड १४ लाख किलो भित्रिएर  १५ अर्ब ३८ करोड ९६ लाख ६ हजार रुपैयाँ तिरी आयात भएको कोइला सर्वाधिक ठुलो नवौँ आयात हो । यसबाट २ अर्ब ८४ करोड ६९ लाख ३ हजार रुपैयाँ राजस्व संकलन भयो ।
    हवाई इन्धनको (एटीएफ)आयात सर्वाधिक धेरै आयात हुने वस्तुको रुपमा रहेको छ ।  १३ अर्ब ७५ करोड २१ लाख ७९ हजार बाहिरिएर कुल १ लाख २७ हजार ४ सय ७८ किलोलिटर हवाई इन्धन भित्रिँदा १ अर्ब ९५ करोड ५३ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस