Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images
राजस्व वृद्धिको उपाय खोजी

चालु आर्थिक वर्षमा राजस्व दोब्बर बनाउन अर्थमन्त्री पुनको निर्देशन

चालु आर्थिक वर्षमा राजस्व दोब्बर बनाउन अर्थमन्त्री पुनको निर्देशन

  • काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा  राजस्व संकलन दोब्बर बनाउन मातहतका सरोकारवाला निकायहरूमा  निर्देशन  दिएका  छन् ।अर्थमन्त्री पुनले बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा उपस्थित सांसदहरूलाई यस्तो निर्देशन दिएको जानकारी दिएका हुन् ।

    राजस्व संकलनको विषयमा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा पुनले राजस्व वृद्धिका लागि यस्तो बताए । साथै  भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताउँदै पुनले भन्सार नाकामा समस्याहरू रहेको स्वीकार गरे ।भन्सार बिन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको पनि बताए ।

    सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महसुस गर्ने अवस्था आउने दाबी गर्दै  अर्थमन्त्री पुनले आन्तरिक राजश्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिबद्धता जनाए । ४० प्रतिशत भन्दा बढी राजस्व वृद्धिको लक्ष्य भएपनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको उनले जनाए ।

    नेपाल दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा  करिब १७ सय किलोमिटर खुला बोर्डर रहेको देश हो । खुला नाका भएकाले पनि भन्सारमा समस्या आइरहेको बताउँदै अर्थमन्त्री पुनले भन्सारका समस्या मान्छेको नियत भन्दा पनि क्षमता नपुगेकोे दाबी गरे ।हरेक वर्ष ६० अर्ब बराबरको मल किसानलाई अनुदान दिनुलाई सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बुझ्नुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij