Logo

Sep 17 2024 | २०८१, असोज १गते

images

यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकका  निर्णयहरु


२०८०, चैत ९ शुक्रबार

  • 825
    Shares

  • यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद बैठकका  निर्णयहरु

    काठमाडौं । आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १६ वटा निर्णय गरेको छ । राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह ९काठमाडौं०, डा। कुसेन्द्रबहादुर महत (जुम्ला), प्रा. शिवराज अधिकारी (पाल्पा) र डा. अरनिकोकुमार पाँडे (ललितपुर)लाई नियुक्त गर्ने निर्णय गरेको हो।

    अनुचित लेनदेन ९मिटरब्याज० अपराध नियन्त्रणका बैठकले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।  ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो। उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्म चीन भ्रमण गर्न स्वीकृति दिएको छ। 

    मन्त्रिपरिषदको बैठकले राष्ट्रिय भूमि आयोग विघटन गरेको छ । बैठकले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद निरुपण गर्न रायसहित सरकारसमक्ष प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन अर्थात २०८० चैत २५ गतेसम्मका लागि थप गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

    सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव रहनेगरी यसअघि नै तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । उक्त आयोगलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न समयावधि दिइएको थियो । बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तरगतका निकायको समग्र संगठन तथा व्यवस्थापन सर्वेक्षण ९ओएनएम० गर्न सहमति दिने निर्णय पनि गरेको छ ।

    प्रतिक्रिया दिनुहोस