Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण


नया सडक

२०८०, चैत १० शनिबार

  • 561
    Shares

  • एक करोडको लागतमा म्याग्दीमा खानेपानी आयोजना निर्माण

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा ‘एक घर, एक धारा’खानेपानी आयोजना निर्माण भएको छ । श्रमदानसहित रु एक करोड चार लाखको लागतमा आयोजना सम्पन्न भएको हो ।  

    आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ । खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घन्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताउनुभयो । 
     

    गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पू्रा भएको हो । उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार  ट्रष्टको रु ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको रु ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो । 

    आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ । ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस