काठमाडौं । बुधबार छापावाला सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । मंगलबार सुनको भाउ ३०० रुपैयाँले बढेको थियो ।सुनको सो भाउमा बुधबार प्रतितोला ४०० रुपैयाँ बढेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८०० रुपैयाँ तोकिएको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ४०० रुपैयाँ तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार बुधबार तेजावी सुन प्रतितोला १ लाख २६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी , बुधबार चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा बुधबार आज सुन प्रतिऔंस सुन २ हजार १७७ दशमलव ९८ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ४४ डलरमा कारोबार भइरहेको छ ।