Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

अर्थमन्त्रालयका सहसचिवहरूको सरुवा ,भन्सार विभागमा निरौला र आन्तरिक राजस्व प्रमुखमा तिवारीलाई पठाइयो 

अर्थमन्त्रालयका सहसचिवहरूको सरुवा ,भन्सार विभागमा निरौला र आन्तरिक राजस्व प्रमुखमा तिवारीलाई पठाइयो 

  • काठमाडौं । अर्थमन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशक र भन्सार विभागको महानिर्देशकलाई सरुवा गरेको छ ।मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा शिवलाल तिवारीलाई पठाएको छ भने भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई पठाएको छ ।

    सरकारले आन्तरिक राजस्व विभागका महानिर्देशक भूपाल बराललाई वातावरण विभागमा र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरेको छ ।

     तलिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालय तानिएको छ ।यस्तै  अर्थमन्त्रालयका सहसचिव रितेश कुमार शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुख बनाइएको छ । उनी मन्त्रालयमा राजस्व व्यवस्थापन महाशाखा प्रमुख थिए ।

    यता धनीराम शार्मालाई राजस्व व्यवस्थापन महाशाखा प्रमुखमा सरुवा गरिएको छ । बजेट महाशाखाका उत्तर कुमार खत्री योजना अनुगमन तथा मूल्यांकन महाशाखामा सरुवा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij