Logo

Sep 20 2024 | २०८१, असोज ४गते

images

मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जनाघाइते


नया सडक

२०८०, चैत १४ बुधबार

  • 429
    Shares

  • मुगुमा जीप दुर्घटना दुईको मृत्यु, चार जनाघाइते

    मुगु ।गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको बोलेरो जीप कच्यागाउँ नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ भने चार जना घाइते भएका छन् । कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको सो जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट अन्दाजी एक सय मिटर बढी तल खसेको जनाइएको छ । दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले  जानकारी दिनुभयो । 

    अनुसार मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र  पहिचान नखुलेका  एक जना महिला रहेकी छिन् ।  घाइते हुनेमा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली रहेका  उहाँले बताउनुभयो ।  घाइते मन्जनेको अवस्था चिन्ताजनक अवस्थामा रहेको  बताइएको छ । प्रनाउ थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ मुगु जिल्ला अस्पतालतर्फ ल्याइँदै  गरेकोे जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस