Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

काठमाडौंको हावाको गुणस्तर विश्वकै सर्वाधिक खराब शहरहरूको शीर्ष पाँचमा

काठमाडौंको हावाको गुणस्तर विश्वकै सर्वाधिक खराब शहरहरूको शीर्ष पाँचमा

  • काठमाडौं । काठमाडौंमा  वायु प्रदूषणको  स्थितिमा विश्वकै सबै भन्दा खराब शहरहरूको सूचीको शीर्ष पाँचमा परेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था यर्थाथ समय( रियल टाइम)मा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको हावा विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । सो सूचीको पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई शहर छ ।

    सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले दर्शाएर  ‘अस्वस्थकर’ मानिन्छ ।

    नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको स्तर निर्धारण गर्छ । हावाको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

    नेपालमा वायुको गुणस्तर मापन गर्ने विभिन्न स्टेसनहरु छन् । तीमध्ये ललितपुरको खुमलटारमा वायुको गुणतस्तर अत्यन्तै अस्वस्थकर देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij