Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण


नया सडक

२०८१, वैशाख ३ सोमबार

  • 276
    Shares

  • जसपाका पूर्वसांसद प्रमोद साहमाथि आक्रमण

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी सार्वजनिक गरे अनुसार   आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको छ  । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ ।

    आक्रमणमा परेर रवि पासवान र निकेश साह पनि घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साह थप उपचारका लागि काठमाडौं आउने तयारीमा रहेको र उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

    कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

    प्रतिक्रिया दिनुहोस