Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

सिरहामा ५ सय ४० मिलिग्राम ब्राउन सुगर सहित एक जना पक्राउ


२०८१, वैशाख ३ सोमबार

  • 144
    Shares

  • सिरहामा ५ सय ४० मिलिग्राम ब्राउन सुगर सहित एक जना पक्राउ

    सिरहा । सिरहामा लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका ८ बस्ने ३९ वर्षीय पशुपति सरदार रहेका छ्न। सखुवानन्कारकट्टि गाउँपालिका -५ महेशबारी चोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिव ५ सय ४० मिलिग्रामसहित सरदार पक्राउ परेका हुन् ।

    images

    आइतबार इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले बा ८९ प ६०२२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक सरदारलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस