Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

मधेस प्रदेश सरकारबाट लोसपा बाहिरियो

मधेस प्रदेश सरकारबाट लोसपा बाहिरियो

  • मधेस प्रदेश ।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरको हो।मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरेको छ।लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन्।
    मधेस प्रदेशसभामा लोसपाका ९ जना सांसद छन्। १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जनता समाजवादी पार्टी ९जसपा०का १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९र९ र एकीकृत समाजवादीका ७ सांसद छन्। त्यसैगरी नागरिक उन्मुक्ति पार्टी ९नाउपा०, राप्रपा, संघीय समाजवादी पार्टीका एकरएक र एक स्वतन्त्र सांसद छन्।मधेसमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij