Logo

May 15 2024 | २०८१, जेठ २गते

images

विभिन्न ब्राण्डका दुई करोड वीस लाख बराबरका सुर्टिङ सटिङ कपडाहरू नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइयो


नया सडक

२०८१, वैशाख ९ आइतबार

  • 513
    Shares

  • विभिन्न ब्राण्डका दुई करोड वीस लाख बराबरका सुर्टिङ सटिङ कपडाहरू नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाइयो

     काठमाडौं । पर्सा प्रहरीले राजस्व छली गरी गोदाममा राखेको दुई करोड बीस लाख बराबरको विभिन्न ब्राण्डका कपडाहरू नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ ।

    images

    विशेष सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानबाट विभिन्न प्रकारका  अन्दाजी मूल्य रु दुई करोड बीस लाख बराबरको मालवस्तुहरू  नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाइएको पर्सा प्रहरीले जनाएको हो । नियन्त्रणमा लिइएको सो मालवस्तु शुक्रबार बैशाख ७ भन्सार कार्यालयलाई बुझाइयो ।

    प्रहजरीले जनाए अनुसार  मिति २०८१।०१।०६ गते अं.१६ः३० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.६ तुल्स्यान मार्केट ( पमपम बिल्डिङ्ग) मा घरकोठा भाडामा लिइ सोही बिल्डिङमा संचालन गरेका जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१६ बस्ने वर्ष २४ को आकाश कुमार गुप्ता, ऐ.वडा नं.६ बस्ने वर्ष ४४ को रामएकवाल कुशवाहाको गोदाम तथा हाल सम्म नामथर वतन नखुलेका छ वटा अन्य गोदामहरूबाट  सर्टिङ सुर्टिङ थान कपडा, सर्ट थान कपडा, पाइन्ट थान कपडा, सुती प्रिन्टेड कपडा, ढाकाको थान कपडा, साडी, कुर्ता सुरवाल, मर्दानी धोती, ब्लाउज थान कपडा, चोलो बनाउने थान कपडाहरू समेत गरी  दुई करोड बीस लाख बराबरको मालवस्तुहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

    प्रतिक्रिया दिनुहोस