वीरगञ्जको दुर्गा ट्रान्सपोर्टमा छापा , कपडासहित ५० लाख बढीको तस्करीका मालवस्तु नियन्त्रणमा
नया सडक
२०८१, वैशाख ९ आइतबार
1.5k
Shares
काठमाडौं । सशस्त्र प्रहरी बल पर्साको टोली र वीरगञ्ज भन्सार कार्यालयको एक संयुक्त टोली एक ट्रान्सपोर्ट कम्पनीमा छापामारेको छ । वीरगञ्जमा केन्द्रीय कार्यालय रहेको दुर्गा ट्रान्सपोर्टमा सो संयुक्त टोलीले उक्त ट्रान्सपोर्ट कम्पनीको गोदामा छापामारी ५० लाख मुल्य बराबरको कपडा तथा अन्य मालवस्तु बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपालको १३ नम्बर गण पर्सा र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले उक्त ट्रान्सपोर्ट कम्पनीको गोदाममा छापामारी कपडा, काजु, ग्यास चुल्होलगायतका सामानहरू नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
समाचार स्रोतका अनुसार उक्त मालसामान कुख्यात कडा तस्कर भनिएर चिनिने मदन रुन्चेको भएको बताइएको छ ।संयुक्त टोलीले शनिवार दुर्गा ट्रान्सपोर्टमा छापामारी भंसार राजस्व छली गरी ल्याई राखिएका ५० लाख मूल्य बराबरका सो मालवस्तु बरामद गरिएको जनाइएको छ ।