Logo

May 16 2024 | २०८१, जेठ ३गते

images

मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु


नया सडक

२०८१, वैशाख ११ मंगलबार

  • 276
    Shares

  • मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु

     

    images

    क्वालालम्पुर ।मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई  वटा हेलिकप्टर आकाशमा ठोक्किँदा  १० जनाको मृत्यु भएको छ । 

     

    फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्रस्त एउटा हेलिकप्टरमा सात अर्कोमा तीन जना सवार थिए ।

     

    “सबैको घटनास्थलमै मृत्यु भएको र पहिचानका लागि शवलाई लुमुट आधार अस्पतालमा लगिएको छ”, विज्ञप्तिमा भनिएको छ, “पीडितहरूको भिडियो र फोटोहरू नफैल्याउन आग्रह गरिएको छ ।”रासस

     

    प्रतिक्रिया दिनुहोस